अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र कामै नलाग्ने गरी बिग्रन सक्ने रुसी वैज्ञानिकको चेतावनी

 भदौ १७, २०७८ बिहिबार १५:२:४ | एजेन्सी
unn.prixa.net

तस्बिर : राेयटर्स

काठमाण्डाै – रुसका एक जना अधिकारीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) कामै नलाग्ने गरी बिग्रन सक्ने चेतावनी दिएका छन् ।

अन्तरिक्ष कम्पनी एनर्जियाका प्रमुख इन्जिनियर भ्लादिमिर सोलोभयोभले पुराना पार्टपुर्जाका कारण आईएसएस कामै नलाग्ने गरी बिग्रिन सक्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

केन्द्रमा रहेका ८० प्रतिशत उपकरणहरूको म्याद सकिएको र ससाना चिरा पनि देखा परेका कारण ती थप खराब हुँदै जान सक्ने उहाँले बताउनुभयो । रुसले यसअघि पनि पार्टपुर्जाबारे चिन्ता व्यक्त गर्दै सन् २०२५ पछि आईएसएस छोड्न सक्ने बताएको थियो ।

सन् १९९८ मा रुस, अमेरिका, क्यानडा, जापान र केही युरोपेली देशहरूको संलग्नतामा आईएसएस निर्माण गरिएको हो । अन्तरिक्षका गतिविधिसँगै सञ्चारको विकासमा महत्त्वपूर्ण रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसको विकल्प चाँडै निर्माण हुनुपर्ने वैज्ञानिकहरूले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया