कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाश शर्माकाे घाेषणा

 भदौ २४, २०७८ बिहिबार १४:९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँदाे महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको छ ।

वीपी स्मृति दिवसको अवसरमा आज बिहीवार काठमाण्डौको सुन्दरीजल पुग्नुभएका शर्माले महामन्त्रीमा उम्मेदवारीकाे घोषणा गर्नुभएको हो । यसअघि कांग्रेसका नेता गगन थापा र प्रदीप पौडेलले पनि महामन्त्रीमा उठ्ने बताइसक्नु भएको छ ।

तीन वटा चुनाव लगातार जितेर १५ वर्षमा देश बनाउने वीपी कोेइरालाको परिकल्पनालाई सम्बोधन गर्न पनि आफूले पार्टीभित्रका सबै नेता र कार्यकर्ताको साथ, सहयोग र समर्थन पाएर पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने योजना बनाएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रवक्ता शर्माले एउटा चुनाव जित्ने, अर्को चुनाव हार्ने निरन्तरको शृङ्खला कांग्रेसको रहेको स्मरण गराउँदै त्यसले देश नबन्ने र त्यसको भागिदार कांग्रेस हुनुपर्ने अवस्था आउन नदिन पनि आफूले पार्टीलाई महामन्त्रीको जिम्मेवारीमा रहेर हाँक्न चाहेको बताउनुभयो ।

उहाँले देश निर्माण गर्ने गरी साझा दृष्टिकोणका साथ अघि बढ्न पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गर्नुभयो । कम्युनिस्टहरूलाई गाली गरेर नभइ नेपाली नागरिकमा विद्यमान रोग र भोकको समस्या समाधान गरेर कांग्रेस अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि अहिले वडा अधिवेशन चलिरहेको छ । महाधिवेशन मङ्सिर ९ देखि १३ सम्म काठमाण्डौमा हुँदैछ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया