गोञ्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य : प्रचण्ड

 भदौ २७, २०७८ आइतबार ९:३३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेरु कम्युनिस्ट पार्टीका नेता अबिमाइल गुजम्यान (गोञ्जालो) को निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले गुजम्यान वैचारिक निष्ठा, त्याग र समर्पणको प्रतीक बनेको भन्दै उहाँको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । पेरुमा सशस्त्र क्रान्ति थालेका गुजम्यानले आतङ्क फैलाएको आरोपमा सन् १९९२ देखि आजीवन कारावासको सजाय भोग्दै आउनुभएको थियो ।

जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा उहाँको निधन भएको हो । दार्शनिक नेता मानिने गोञ्जालो विश्वभरका कम्युनिस्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिनुहुन्छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया