चन्द्रागिरि नगर अस्पतालमा 'भेन्टिलेटर' सेवा सञ्चालनमा आउने
पुस ४, २०८१ बिहिबार
खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ४ बतासेका प्रसाद राई सम्पर्कविहीन भएको ५२ वर्षपछि घर आइपुग्नुभएको छ । २०२७ साल वैशाखमा उदयपुरको बलम्तामा रहेको मावली घर जाने भन्दै हिँडेपछि भारतको नागाल्यान्ड पुगेका प्रसाद लामो समयपछि घर आइपुग्नुभएको हो । २१ वर्षको उमेरमा घरबाट हिँडेका राई ७३ वर्षको उमेरपछि घर आइपुगेको आफन्त विशाल राईले जानकारी दिनुभयो ।
घरको सम्पर्कबाहिर रहनुभएका प्रसाद ‘जिउँदै छन् वा छैनन्’ भन्नेबारे आफन्तलाई नै थाहा थिएन । नागाल्यान्डबाट नेपाल प्रवेश गर्नुभएका प्रसाद इटहरी–उदयपुरको कटारी–घुर्मी–जयराम–हलेसी–दिक्तेल हुँदै गाउँ पुग्नुभएको हो ।
माया मारिसकेको अवस्थामा प्रसाद घर आइपुगेपछि आफन्त खुसी भएका छन् । उहाँ अहिले बुढेसकालले छोपिसकेका साथीभाइसँग खुसी साटिरहनुभएको छ । भान्जा नाता पर्नेसँग इटहरीसम्म सँगै जानुभएका प्रसाद त्यहीँबाट सम्पर्कविहीन हुनुभएको थियो । इटहरीबाट भान्जा नाता पर्ने व्यक्ति गाउँ फर्कँदा प्रसाद भने भारत छिरिसकेको खबर आएको थियो ।
प्रसाद परिवारका एक्लो छोरा हुनुहुन्छ । परिवारमा जेठो सन्तानका रूपमा जन्मिएका छोरा बेपत्ता हुँदा आमाबुबालाई पर्नुसम्म चोट परेको थियो । प्रसादले घर छाड्दा घरमा आमाबुवा थिए । घरमा ६ स–साना बहिनी थिए । ५२ वर्षपछि फर्कँदा घर रित्तो बनिसकेको थियो । उहाँका आमाबुबाको निधन भएको वर्षाैँ बितिसकेको छ । बहिनीहरु विवाह गरेर आ–आफ्नो सुतीखेतीमा छन् ।
प्रसाद ज्याला मजदुरीको काम गर्दै नागाल्यान्डमा बसेको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।