‘ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल’ पुस्तक सार्वजनिक

 असोज ४, २०७८ सोमबार २०:२७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाद्वारा लिखित ‘ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल’ पुस्तक आज सार्वजनिक भएको छ । जरोकिलो प्रतिष्ठान नेपालले आज साेमवार आयोजना गरेको कार्यक्रममा काेइरालाद्वारा लिखित पुस्तक सार्वजनिक भएको हो । 

नेपालका प्राचीन सामाजिक न्याय, भाषा, कला र साहित्य, धर्म, दर्शन तथा राजनीतिका ज्ञान र इतिहासको खोज अध्ययनका आधारमा डा. कोइरालाले याे कृति तयार गर्नुभएको हो ।

प्रतिष्ठानका अध्यक्ष डा. निर्मलमणि अधिकारीले यस कृति नेपाल चिन्तनको एक उपक्रम भएको बताउनुभयो । शिक्षाकर्मी डा. जानुका पौडेलले डा. कोइरालाको पुस्तक बहुउपयोगी र खोजमूलक भएको टिप्पणी गर्नुभयो । पुस्तक १२६ पृष्ठको रहेको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया