नेपाली श्रमिक अब मलेसिया जान पाउने

 असोज ७, २०७८ बिहिबार ११:४१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी नेपाली श्रमिकका लागि खुलेको छ  ।

मलेसियाले कोरोना महामारीको कारण लगाएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने काठमाण्डौमा रहेको मलेसियन दूतावासले जनाएको छ । लामो समयदेखि कोरोनाको कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाएको मलेसियाले श्रमिकको अभाव भएको भन्दै केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् । 

कोरोना सङ्क्रमण फैलन नदिन मलेसिया प्रवेशका लागि विभिन्न प्रावधान भने लागू हुनेछ । मलेसिया जाने श्रमिकले पहिले नै त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्छ । 

मलेसिया जाने श्रमिकसँग मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको खोपको दुवै मात्रा लगाएको हुनुपर्ने छ । यस्तै कोरोनाको परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्छ । 

मलेसिया पुगेपछि पनि त्यहाँको स्वास्थ्यका मापदण्ड पालना गर्दै क्वरेण्टीनमा बस्न पर्नेछ । 

भिसा लगायत मलेसिया जाने प्रक्रिया बारेमा बुझ्नका काठमाण्डौमा रहेको मलेसियन दूतावासको इमेल [email protected] मा इमेल गर्न सकिन्छ । यसका साथै ०१ ५४४५६८९ मा फोन समेत गर्न सकिने दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया