साउनमा ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, २५ हजार चार सय जनाले श्रम स्वीकृति लिए

 असोज ७, २०७८ बिहिबार १९:३७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स १८ प्रतिशतले घटेको छ । साउन महिनामा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्षको साउनमा रेमिट्यान्स २३ प्रतिशतले बढेकामा यो वर्षको साउनमा १८ दशमलव एक प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या बढेर १३ हजार आठ सय जना पुगेको छ । अघिल्लो वर्षको साउनमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी साउनमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई सय ८६ प्रतिशतले बढेर ११ हजार ६ सय २८ जना पुगेको छ । अघिल्लो वर्षको साउनमा याे सङ्ख्या ८० प्रतिशतले घटेको थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया