व्यास नगरपालिकाले स्नातक उत्तीर्ण बेरोजगार महिलालाई अनुदान दिने

 असोज ८, २०७८ शुक्रबार १२:१०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तनहुँको व्यास नगरपालिकाले स्नातक उत्तीर्ण बेरोजगार महिलालाई अनुदान दिने भएको छ । बिहीवार सम्पन्न भएको पालिकाको नियमित बैठकले पालिकाभित्रका स्नातक उत्तीर्ण बेरोजगार महिलालाई अनुदान दिनेसम्बन्धी मापदण्ड पारित गर्ने निर्णय गरेको हो ।

स्नातक उत्तीर्ण महिलाले कुनै व्यवसाय तथा उद्यम गर्न चाहेमा अनुदान दिने जनाएको छ । तर कुन क्षेत्रमा कति अनुदान दिने भन्ने बारे विस्तृतमा मापदण्डमा उल्लेख गरिने पालिकाले जनाएको छ ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको बैठकमा कार्यपालिका बैठकका निर्णयहरुको समीक्षा गरिनुका साथै कार्यान्वयन हुन बाँकी विषयमा सम्बन्धित् शाखालाई कार्यान्वयन गर्न निर्देशन पनि दिइएको छ ।
 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया