मुद्दा खारेज गरेसँगै २ सय वर्ष पुरानाे समय् फल्चाको पुनर्निर्माण सुरु

 असोज ११, २०७८ सोमबार ८:४४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाटन उच्च अदालतले ललितपुरको पुल्चोकमा रहेको २ सय वर्ष पुरानो समय् फल्चाको पुनर्निर्माण विरुद्धमा परेको मुद्दा खारेज गरेसँगै समय् फल्चाको पुनर्निर्माण सुरु भएको छ।

उच्च अदालतले समय् फल्चाको पुनर्निर्माण विरुद्धमा परेको मुद्दा हिजो खारेज गरेसँगै समय् फल्चाको पुनर्निर्माण अघि बिहान ६ बजेदेखि सुरु भएको हो ।

ऐतिहासिक समय् फल्चा पुनर्निर्माण कार्य रोक्न सब्बु सिंह भण्डारीले दायर गरेको मुद्दा उच्च अदालत पाटनका न्यायाधीश किरणप्रसाद पोखरेल र माधवप्रसाद पोखरेलको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरिम आदेश निष्क्रिय हुने भन्दै फल्चा निर्माण सुरु गर्न हिजो आदेश दिएको हो ।

यसभन्दा अघि पनि कुपण्डोल–जावलाखेल सडक खण्ड अन्तर्गत पुल्चोकमा रहेको ऐतिहासिक समय् फल्चाकाे निर्माण रोक्न श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले पटक-पटक सर्वोच्च अदालत, जिल्ला अदालत ललितपुर र उच्च अदालत पाटनमा मुद्दा दायर गर्दै आएको थियो ।

तर, सर्वोच्च अदालत र उच्च अदालतका विभिन्न आदेश तथा फैसलाहरु लुकाएर निवेदन दिएको पाइएपछि जिल्ला अदालत ललितपुरले अन्तरिम आदेश निष्क्रिय गर्दै फल्चा निर्माण सुरु गर्न आदेश दिएको थियो ।

त्यही आदेश अनुसार गएको भदौ २४ गते फल्चा निर्माण सुरु भएको केही दिनमै अर्को मुद्दा दायर भएका कारण पुनर्निर्माण रोकिएकोमा आजदेखि फेरि सुरु भएको हो। 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया