बहराइनका परराष्ट्र सचिवले गरे नेपाली श्रमिकको प्रशंसा

 असोज १४, २०७८ बिहिबार १६:२७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बहराइनका परराष्ट्र सचिव डा. शेख बिन अहमद बिन अब्दुल्ला अल खालिफाले नेपाली श्रमिकको प्रशंसा गर्नुभएको छ ।

बुधबार बहराइनका लागि कार्यवाहक राजदूत अरुणा घिसिङसँगको शिष्टाचार भेटमा सचिव शेख अब्दुल्लाले बहराइनमा कार्यरत नेपालीको कर्तव्यनिष्ठताकाे उच्च प्रशंसा गरेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । 

भेटमा सचिव शेख अब्बदुल्लाले नेपाल र बहराइनबीचको सम्बन्धलाई मित्रवत् तथा समस्या रहित रहेको पनि बताउनुभएको छ ।

आउँदा दिनमा नेपाल र बहराइनबीचको कूटनैतिक, आर्थिक, सामाजिक, पर्यटन लगायत सम्बन्ध थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया