श्रम स्वीकृति नवीकरण गर्दै हुनुहुन्छ ? यी कुरा ध्यान दिनुहोस्

 असोज १५, २०७८ शुक्रबार १६:१३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीमा जान अनलाइनमार्फत वा भौतिक रूपमा उपस्थित भएर श्रम स्वीकृति लिँदै हुनुहुन्छ ? यदि लिँदै हुनुहुन्छ भने आवश्यक कागजात र प्रक्रिया बारे पहिला जानकारी राख्न पर्छ । 

अहिले श्रम स्वीकृतिको नवीकरण भौतिक रूपमा उपस्थित भएर र अनलाइन प्रणाली दुवै माध्यमबाट गर्न सकिन्छ । वैदेशिक रोजगार कार्यालय काठमाण्डौले आउँदो आइतबारदेखि शुक्रबारसम्म हरेक दिन शुक्रबार दिनको दुई बजेपछि र भौतिक उपस्थिति तर्फ हरेक दिन नौ बजेपछि र दश बजेर १५ मिनेटको आसपासको समयमा निश्चित सङ्ख्यामा कम्प्युटर प्रणालीमार्फत टोकन खुला गर्ने भएको छ ।  टोकनको सङ्ख्या सीमित हुने कार्यालयले जनाएको छ ।  

तपाईँले आफ्नो टोकन लिएपछि यदि कार्यालयमा उपस्थित हुने हो भने टोकनमा उल्लेख भएको मितिमा श्रम कार्यालय जाँदा लाइन नबसी श्रम नवीकरण गर्न सकिन्छ ।  सामान्य अवस्थामा कार्यालयले उपस्थित सबैलाई त्यसै दिन श्रम स्वीकृति प्रदान गर्छ । 

यस्तै अनलाइनमार्फत श्रम नवीकरण गर्नेको हकमा भने सबै प्रक्रिया मिलेको छ भने टोकनको मितिले तीनदेखि चार दिन भित्र श्रम नवीकरण भइसक्छ । 

भौतिक रूपमा कार्यालयमै उपस्थित भएर श्रम स्वीकृति लिनेहरूले भने टोकनमा उल्लेख भएको मितिमै र त्यसको भोलिपल्ट भित्र श्रम कार्यालयमा अनिवार्य उपस्थित हुनपर्छ । त्यसपछि भने टोकनको म्याद कम्प्युटर प्रणालीले स्वतः रद्द गर्ने कार्यालयले जनाएको छ । 

दुई दिन भित्र उपस्थित हुन नसक्ने अवस्था छ भने टोकन नओगट्न पनि श्रम कार्यालय ताहाचलले अनुरोध गरेको छ । 

वैदेशिक रोजगारीमा जान उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्छ । त्यसैले जहाजको टिकट काट्नुअघि आफ्नो श्रम अवधि कति छ भनेर अनिवार्य रूपमा यकिन गर्नुपर्छ । नत्र विमानस्थलबाट विदेश प्रस्थान गर्न पाइने छैन ।

अन्तिम अपडेट: चैत २८, २०८०

1 Comments

  • भगवत कुमर राई

    Aug. 5, 2023, 10:22 a.m.

    म मेरो श्रम नविकरण गर्न चाहान्छु।

  •  0 Reply

तपाईको प्रतिक्रिया