भारतीय क्रिकेट प्रशिक्षक रवि शास्त्रीसँगको प्रेममा बलिउडकी यी नायिका !

 भदौ १८, २०७५ सोमबार १६:२:२ | एजेन्सी

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मापछि बलिउड र क्रिकेटबाट फेरि अर्को प्रेम सम्बन्धको चर्चा यतिबेला भइरहेको छ । 

भारतीय क्रिकेट टिमका प्रशिक्षक रवि शास्त्री र ‘एयरलिफ्ट’की अभिनेत्री निम्रत कौर यतिबेला एकअर्कालाई डेट गरिरहेका छन् । खबरहरुका अनुसार यी दुवैबीचको प्रेमसम्बन्ध केही समय अगाडिदेखि नै चलिरहेको खबर यतिबेला सार्वजनिक भएको छ । 

रवि र निम्रत विगत २ वर्ष देखि एक अर्कालाई डेट गरिरहेका थिए तर दुवैले यस कुरालाई मिडियामा आउन दिएका थिए । खबरहरुका अनुसार निम्रत र रविलाई सन् २०१५ मा जर्मन कार मेकरले लग्जरी कार लञ्चका लागि साइन गरेको थियो । त्यही कार्यक्रममा निम्रत र रविको भेटघाट भएको थियो । 

निम्रत कौर रवि शास्त्री भन्दा २० वर्ष कान्छी हुन् । सन् १८८२ मा जन्मिएकी निम्रत ३६ वर्षकी भइन् भने रवि ५६ वर्ष भए । रविले सन् १९९० मा रितु सिंहका साथ विवाह गरेका थिए भने उनकी एक छोरी पनि छिन् । 

निम्रत कौरले सन् २००६ मा अग्रेजी फिल्म ‘वान नाइट विथ द किंग’ बाट डेब्यू गरेकी थिइन् । साथै अनुराग कश्यपको हिन्दी फिल्म ‘पेडलर’ बाट सन् २०१२ मा बलिउड डेब्यू गरेकी हुन् । निम्रतले अक्षय कुमारका साथ फिल्म ‘एयरलिफ्ट’मा अभिनय गरेकी छिन् भने इरफान खानका साथ फिल्म ‘लन्च बक्स’मा पनि मुख्य अभिनेत्रीको रुपमा काम गरिसकेकी छिन् । 

यसका अलावा निम्रत वेब सिरीजमा पनि काम गरिहेकी छिन् । वेब सिरीज ‘द टेष्ट केस’ मा उनी आर्मी कमाण्डरको भूमिकामा देखिएकी थिइन् । निम्रतका बुवा भारतीय आर्मीमा थिए । जसलाई अपहरण गरेर हत्या गरिएकोे थियो । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया