नेपाल थाइल्यान्डसँग ५ रनले पराजित, त्रिदेशीय महिला टी–२० शृङ्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – नोबेल पुरस्कार २०२१ काे घाेषणा सुरु भइसकेकाे छ । आज साेमवार चिकित्सा विज्ञानतर्फ नाेबेल पुरस्कार विजेताकाे घाेषणा गरिएकाे छ । याे पुरस्कार अमेरिकी डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई संयुक्त रूपमा दिइने भएकाे हाे । यी दुईले हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अँगालोको न्यानोपना महसुस गर्छ भनेर पत्ता लगाएका थिए ।
डेभिड जुलियस युनिभर्सिटी अफ क्यालिफाेर्नियामा प्राेफेसर हुनुहुन्छ भने पाटापाैटियन ला जोलाकाे स्क्रिप्स इन्स्टिच्युटमा वैज्ञानिक हुनुहुन्छ ।
यी दुईले हाम्रो शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्नेबारे अध्ययन गरेका हुन् ।
यो खोज दुखाइ निदान गर्ने उपचारका लागि महत्त्वपूर्ण हुने जनाइएकाे छ ।
पुरस्कार विजेता दुई वैज्ञानिक
पुरस्कार कमिटीले यी दुई वैज्ञानिककाे खाेजले हामीलाई हाम्रो स्नायु प्रणालीले कसरी तातो, चिसो वा भौतिक दबाब बुझेर त्यसका आधारमा वातावरणमा मिल्न सघाउँछ" भन्ने देखाएको बताएको छ । यो ज्ञानले दुखाइ कम गर्ने उपचारमा सहयोग पुग्ने कमिटीले विश्वास लिएकाे छ ।
यी दुई वैज्ञानिकले एक करोड स्विडिश क्रोनर रकम प्राप्त गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।