सीप सिक्न चाहनेलाई वैदेशिक रोजगार बोर्डको निःशुल्क तालिम

 असोज २२, २०७८ शुक्रबार १७:३०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले विभिन्न विषयमा निःशुल्क सीप तालिम प्रदान गरिरहेको छ । विशेषगरी वैदेशिक रोजगारीबाट फर्केकाहरुसहित सीप सिक्न चाहने सबैलाई लक्षित गरी तालिम सञ्चालन भइरहेको बोर्डले जनाएको छ ।

बोर्डले विभिन्न जिल्लामा रहेका सीप तालिम केन्द्रसँग समन्वय गरेर तालिम सञ्चालन गर्दै आएको छ । बोर्डले प्लम्बर सहायक, डकर्मी, सटरिङ कार्पेन्टिङ, गार्मेन्ट मेसिन अप्रेटर, इलेक्ट्रिसियन, एसिस्टेन्ट स्काफोल्डर, हाउस पेन्टर, किचन सहयोगी, सुरक्षा गार्ड, वेटर, स्टील फिक्सर, हाउस किपिङ, एसिस्टेन्ट वेल्डर, फ्रन्ट अफिस सहायक, सहायक टायल मार्बल फिक्सचर्स, सहायक आल्मुनियम फेब्रिकेटर, जुनियर फर्निचर मेकर र जुनियर ब्युटिसियनको तालिम प्रदान गरिरहेको छ । तालिम अहिले पनि कतिपय ठाउँमा चलिरहेको र माग भएअनुसार माग भइआएको ठाउँमा तालिम सञ्चालन गरिने बोर्डले जनाएको छ ।

अघिल्लो वर्ष तीन हजार सात सय जनालाई तालिम प्रदान गरेको र यो वर्ष फेरि १० हजार जतिलाई लक्षित गरेर तालिम दिने कार्यक्रम रहेको बोर्डले जनाएको छ । तालिम लिन चाहनेले आफ्नो पालिकामा रहेको रोजगार सूचना केन्द्रमा गएर पनि बुझ्न सक्नेछन् । तालिम लिनको लागि पालिकाले वा वडाले नै किटानी सिफारिस गरेको हुनुपर्नेछ ।

स्थानीय तहबाट यो विषयमा यति जनालाई तालिम दिलाइपाउँ भनेर माग भइआएको खण्डमा वैदेशिक राेजगार बोर्डले नै वडामा गइ तालिम सञ्चालन गराउने बाेर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तालिम दिइसकेपछि निःशुल्क सीप परीक्षण पनि गराइनेछ । तालिम कम्तीमा पनि एक महिनाको हुनेछ ।

अन्तिम अपडेट: चैत ७, २०८०

1 Comments

  • Hari Prasad thapa

    Oct. 8, 2021, 5:58 p.m.

    I like to learn barista/ bartender pls.

  •  0 Reply

तपाईको प्रतिक्रिया