एनपीएलको इलिमिनेटरमा कर्णालीले चितवनलाई दियो एक सय ७६ रनको...
पुस ३, २०८१ बुधबार
रुपन्देही – रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागि ज्यान गुमाउने व्यक्तिका परिवारलाई जिल्ला प्रशासन कार्यालय र लुम्बिनी प्रदेश सरकारले राहत रकमको घोषणा गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले मृतकको हकमा प्रति मृतक ५० हजार रुपैयाँ किरिया खर्च र प्रति परिवार पाँच लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ । यस्तै लुम्बिनी प्रदेश सरकारले प्रति परिवार एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।
यस्तै घाइतेको निःशुल्क उपचारका लागि प्रदेश सरकार समक्ष सिफारिस गरिएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु आज मङ्गलवार राति १२ बजेदेखि हट्ने भएको छ । गएकाे आइतवार मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणकारी र प्रहरीबीच झडप हुँदा चार जनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु लगाएको थियो ।
कार्यालयले आज विज्ञप्ति निकालेर राति १२ बजेदेखि लागू हुने गरी कर्फ्यु हटाइएको र निषेधित क्षेत्र भने यथावत् नै रहेको जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।