'स्वस्थ भविष्यको लागि सुरक्षित खाना' भन्ने नाराका साथ विश्व खाद्य दिवस  मनाइँदै

 असोज ३०, २०७८ शनिबार ९:४९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज अ खाद्य दिवस ।  ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराका साथ आज  विश्वभर ४१ औँ विश्व खाद्य दिवस मनाइँदै छ ।

खाद्यान्न संकट तथा भोकमरीविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९८१ देखि यो दिवस मनाइँदै आइएको हो ।

खाद्य तथा कृषि संगठनको स्थापना दिवसको अवसर पारेर विश्व खाद्य दिवस मनाइन्छ । खाद्य तथा कृषि संगठन १६ अक्टोबर सन् १९४५ मा स्थापना भएको थियो । सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो ।

नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔँ, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाएको थियो । नेपाल कृषिप्रधान देश भएर पनि हामी अर्बौं रुपैयाँ बराबरको धान, चामल, गहुँ, जौ, दलहन जस्ता खाद्यान्नहरू आयात हुने गरेको छ ।

जलवायु परिवर्तनले निम्त्याएको खाद्यान्न संकटलाई विश्वभर अहिले २१ औँ शताब्दीको मुख्य चुनौतीको रुपमा हेरिएको छ । जलवायु परिवर्तनकै कारण विश्वका धेरै जसो ठाउँमा रहेको रैथाने अन्नबालीसमेत हराउँदै गएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया