बेलायतमा एक सांसदको हत्या, हत्या आरोपमा एक जना पक्राउ

 असोज ३०, २०७८ शनिबार १०:२७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायतमा एक सांसदको हत्या भएको छ । आफ्नो निर्वाचन क्षेत्र एसेक्समा गएका बेला कन्जरभेटिभ पार्टीका सांसद सर डेबिड एमेसमाथि चक्कु आक्रमण भएको हो ।

ली अन सी मा रहेको चर्चमा उहाँमाथि चक्कु आक्रमण भएको हो । हत्या अभियोगमा २५ वर्षका व्यक्तिलाई पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ । प्रहरीले आक्रमणमा प्रयोग भएको चक्कु बरामद गरेको छ । प्रहरीले यो घटनालाई आतंकवादी हमला  भनेको छ ।  यो घटना इस्लामिक विद्रोही समूहसँग जोडिएको आशंका गरिएको बीबीसीले जनाएको छ ।  

डेबिड पछि गृह मन्त्री प्रिती पटेलले सुरक्षा व्यवस्थाको तुरुन्त समीक्षा गर्न आदेश दिनुभएको छ । साथै  उहाँले यो एक संवेदनशील हमला भएकोसमेत बताउनुभएको छ ।  घटनाको प्रधानमन्त्री बोरिस जोन्सनले पनि भर्त्सना गर्नु भएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया