कोसेलीमा ‘जङ्क फूड’को प्रयोग बढ्दै

 असोज ३०, २०७८ शनिबार १९:५५:५० | दमन राई
unn.prixa.net

प्रतिकात्मक तस्बिर

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न स्थानमा कोसेलीको रुपमा ‘जङ्क फूड’को प्रयोग बढ्दै गएको छ ।

कोसेलीपातमा ड्यु, कोक, चाउचाउ, बिस्कुट लगायतका जङ्कफूडको अधिक प्रयोग हुन थालेको हाे । हलेसी तुवाचुङ नगरपालिकाको च्यास्मीटार, बाहुनीडाँडा, डिकुवा, बडहरे, दुर्छिम लगायतका राई समुदायको बसोबास रहेको स्थानमा पछिल्लो समय कोसेलीपातमा जाँड रक्सीसँगै ड्यु, कोक, स्प्राइट, चाउचाउ, बिस्कुट, कुरकुरे लगायतको प्रयोग बढ्दै गएको छ ।

दशैं तिहार, साकेला लगायतका चाडवाडका बेला भेटघाटका क्रममा आउने पाहुनाले रक्सीसँगै यस्ता जङ्क फूड लगायत कोसेली ल्याउने गरेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका रहरमान राईले बताउनुभयो । 
सहजरुपमा जताततै पाइने र जाँडरक्सी नखानेका लागि भन्दै ड्यु, कोक लगायतका कोसेली अधिक मात्रामा प्रचलनमा आएको हो । सडकको सहज पहुँच विस्तारसँगै पहाडी क्षेत्रका बजार तथा पसलमा यस्ता जङ्क फूडहरु सहजै पाउन थालेपछि यसलाई कोसेलीका रुपमा पनि प्रयोग गर्न थालिएको हो ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया