पहिराेले घर पुर्दा बझाङकाे खप्तडछान्नामा तीन जनाकाे ज्यान गयाे

 कात्तिक ३, २०७८ बुधबार १५:०:३९ | डीबी बिष्ट
unn.prixa.net

फाइल फाेटाे

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ का धर्मराज रोकायाको घर पहिरोले पुर्दा उहाँ र उहाँकी श्रीमती जयसरा रोकायाको ज्यान गएको छ । 

यस्तै खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ५ मा पहिरोले घर पुर्दा बिचारी गिरीको ज्यान गएको छ । उहाँकी श्रीमती बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ । 

यसैबीच गएको आइतवारदेखि भएको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म देशभर ५२ जनाको ज्यान गएको छ । बाढी, पहिराे र डुबानमा परेर ३० जना हराइरहेका छन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया