मेरा पिकमा अलपत्र परेका पाँच जनालाई उद्धार गरेर काठमाण्डौ ल्याइयो

 कात्तिक ४, २०७८ बिहिबार १६:४३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

साेलुखुम्बु – सोलुखुम्बुको मेरा पिक आरोहणमा गएका चार जना पर्यटक र एक जना पथ प्रदर्शकलाई उद्धार गरेर काठमाण्डौ ल्याइएको छ ।

नेपाल पर्वतारोहण सङ्घले सम्बन्धित ट्रेकिङ कम्पनीको समन्वयमा पाँच जनालाई काठमाण्डौ ल्याएर ग्रान्डी अस्पतालमा उपचार गराइरहेको जानकारी दिएको छ । मेरा पिक आरोहणका लागि गएकाहरू बाक्लो हिमपातका कारण अलपत्र परेका थिए ।

हिमपातमा परेर एक जना भरियाको ज्यान गएको छ भने एक जना बेपत्ता छन् । यस्तै शेर्पा इभेन्ट अर्गनाइजेशनका सदस्यलाई उद्धार गरेर लुक्ला लगिएको पनि पर्वतारोहण सङ्घले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया