सुर्खेतको कट्कुवा सामुदायिक वनमा बम विस्फोट हुँदा दुई जना घाइते

 कात्तिक ६, २०७८ शनिबार १४:३१:३९ | मुना हमाल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर–७ मा रहेको कट्कुवा सामुदायिक वनमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

कट्कुवा सामुदायिक वनमा बिहान भएको बम विस्फोटमा परेर घाँस काट्न गएका दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षकी लीला नेपाली र उहाँका भाइ १४ वर्षका नरेश नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते दुवै जनाको देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

बेवारिसे अवस्थामा रहेको बम विस्फोट भएको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया