शेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

 कात्तिक ८, २०७८ सोमबार १५:२०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज सोमवार पनि बढेको छ । हिजो आइतवार २७ अङ्कभन्दा धेरैले बढेको नेप्से आज ८७ अङ्कभन्दा धेरैले बढेर दुई हजार ६ सय ७२ दशमलव २५ विन्दुमा पुगेको छ । 

आज सबै समूहको शेयर बढेको छ । आज बैंकिङ समूहको शेयर ३७ अङ्कले, होटलको ८१, विकास बैंक तीन सय एक, हाइड्रोपावर दुई सय, र फाइनान्स एक सय ७६ अङ्कले बढेको छ । 

त्यस्तै निर्जीवन बीमा समूहको शेयर चार सय ६७ अङ्कले, माइक्रोफाइनान्स एक सय २१ र जीवन बीमा समूहको शेयर पाँच सय ३७ अङ्कले बढेको छ । 

आज कारोबार रकम पनि बढेको छ । केही दिनयता कारोबार रकम तीन अर्ब पनि पुग्न नसकेकोमा आज भने चार अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । आज दुई सय २९ कम्पनीकाे ८३ लाख ९५ हजार कित्ता शेयर ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम दशैँ बिदापछिकै सबैभन्दा धेरै हो । 

आज १७ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज शाङ्ग्रिला विकास बैंक डिबेन्चरको शेयर भने चार प्रतिशतले घटेको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया