मनाङको तिमाङ र सिन्धुपाल्चोकको गौरीशंकर संरक्षण क्षेत्रकाे जङ्ग...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - म्यानमारमा सैन्य सत्ताको विरुद्ध विरोध बढ्दै गएको छ । कयौँ ठाउँमा प्रदर्शनहरु भएका छन् भने कतिपय ठाउँमा बम विस्फोटका घटनाहरु भएका छन् ।
हिजो मात्रै प्रहरी कार्यालय आसपासका पाँच ठाउँमा बम विस्फोट भएको बीबीसीले जनाएको छ ।
अपर बर्मा बताउने एक समूहले बम विस्फोटको जिम्मा लिएको छ । बम विस्फोटको घटनामा संलग्न भएका केहीलाई प्रहरीले पक्राउ गरेको छ । संयुक्त राष्ट्र सङ्घले र अन्य पर्यवेक्षकहरुले बढ्दै गएको अशान्तिले म्यानमारमा गृह युद्ध हुन सक्ने भन्दै चेतावनी दिएको छ ।
गएको फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा विरोध प्रदर्शनहरू हुँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।