कर्णालीका मुख्य न्यायाधिवक्ता खनालको राजीनामा स्वीकृत

 कात्तिक ११, २०७८ बिहिबार ९:२०:३० | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृका प्रसाद खनालको राजीनामा  स्वीकृत भएको छ ।

प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले खनालको राजीनामा  स्वीकृत गर्नु भएको हो । खनाल २०७७ साल चैत्र ६ गते मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त हुनु भएको थियो ।

प्रदेश प्रमुखबाट राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयले  जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया