कोरोना भाइरसको उत्पत्तिबारे थाहा नहुन पनि सक्ने अमेरिकी निष्कर्ष

 कात्तिक १३, २०७८ शनिबार ११:३२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी गुप्तचर निकायले कोभिड–१९ अर्थात कोरोना भाइरसको उत्पत्तिबारे थाहा नहुन पनि सक्ने निष्कर्ष निकालेको छ ।

कोरोना भाइरस उत्पत्तिको पहिचान कहिल्यै नहुन पनि सक्ने उनीहरुको निचोड छ । ती निकायले कोरोना भाइरस जैविक हतियार नभएको समेत निष्कर्ष निकालेका छन् ।

अफिस अफ द यूएस डाइरेक्टर अफ नेशनल इन्टिलिजेन्स ओडीएनआईले अद्यावधिक गरेको विवरणमा जनावरबाट मानिसमा फैलिएको र प्रयोगशालाबाट मानिसमा सरेको दुवै परिकल्पना वास्तविक हुनसक्ने बताएको छ । तर ठ्याक्कै भन्नका लागि यथेष्ट प्रमाण नभएको उल्लेख छ । गएको अगस्टमा अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले गरेको समीक्षालाई अद्यावधिक गरेर विवरण सार्वजनिक गरिएको हो ।

चीनले प्रतिवेदनको आलोचना गरेको छ । प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर वुहानमा भएको कोभिड–१९ को सङ्क्रमण अगाडि चिनियाँ अधिकारीलाई कोरोना भाइरसबारे जानकारी नभएको भनिएको बीबीसीले जनाएको छ । तर प्रतिवेदनमा चीनले सूचना दिन र अन्तर्राष्ट्रिय अनुसन्धानमा सहयोग नपुर्याएको लेखिएको छ ।

यो वर्षको सुरुमा अमेरिकी सञ्चारमाध्यमले वुहानको प्रयोगशालाबाट भाइरस फैलिएको हुन सक्ने बताएका थिए । यसलाई पनि चीनले अस्वीकार गरेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया