जी–२० शिखर सम्मेलन सुरु : कोरोना महामारी र जलवायु परिवर्तनमा केन्द्रित

 कात्तिक १४, २०७८ आइतबार ७:१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इटलीको राजधानी रोममा जी–२० को शिखर सम्मेलन सुरु भएको छ । सम्मेलनमा विश्वका प्रभावशाली देशसहित १९ देश र युरोपेली सङ्घका प्रतिनिधिहरु सहभागी छन् ।

सम्मेलनमा भौतिक वा भर्चुअल माध्यमबाट सहभागी हुन मिल्ने व्यवस्था छ । चीनका राष्ट्रपति सी जिन पिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका केही शीर्ष नेताहरु भर्चुअल माध्यमबाट सहभागी भएका छन् । सम्मेलनमा विशेषगरी जलवायु परिवर्तन, कोरोना भाइरसको महामारी, पुरानै अवस्थामा फर्किने प्रयासलगायतका विषयमा छलफल केन्द्रित छ ।

सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा ‘विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य’ शीर्षकमा छलफल केन्द्रित भएको थियो । त्यसैगरी दोस्रो दिन आज ‘जलवायु परिवर्तन र वातावरण’ र ‘दिगो विकास’ मा केन्द्रित हुनेछ ।  सम्मेलनको नेतृत्व सम्मेलन आयोजक इटलीका राष्ट्रपति मारियो ड्राघीले गर्नुभएको छ ।

अन्तर्राष्ट्रियस्तरमा आर्थिक सहकार्य र सहयोगका लागि भन्दै जी–२० शिखर सम्मेलनको सुरुवात सन् १९९९ मा भएको हो । जी–२० अन्तर्गत अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका र युरोपेली सङ्घ पर्छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया