कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा दिने तयारी

 कात्तिक १५, २०७८ सोमबार १५:१६:४८ | मुना हमाल
unn.prixa.net

फाइल फाेटाे

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनु हुने भएको छ । उहाँले आज सोमवार बेलुकीसम्म राजीनामा दिने प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए । 

आज ५ बजे मन्त्रिपरिषद् बैठक बसेपछि मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गर्नुभएको हो । 

गएको वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा माओवादी र कांग्रेसले सरकार आलोपालो चलाउने सहमति गरेका थिए । त्यहीअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिन लाग्नुभएको हो । 

अब कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्नु हुनेछ ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया