तिहारमा काठमाण्डौबाट बाहिरिनेलाई बसपार्कमा कोरोना विरुद्धको खोप लगाइँदै

 कात्तिक १६, २०७८ मंगलबार ८:२०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – तिहारका लागि काठमाण्डौबाट बाहिरिनेलाई कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार अहिले बिहानदेखि नै काठमाण्डौ उपत्यकाबाट बाहिरिनेका लागि खोपकाे व्यवस्था गरिएको छ । त्यसका लागि काठमाण्डौबाट बस छुट्ने मुख्य पाँच ठाउँमा खोप केन्द्र राखिएका छन् ।

कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार पहिलो र दोस्रो दुवै मात्रा खोप दिइने छ । पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लैजानु पर्नेछ । यस्तै, अहिलेसम्म खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज दिइनेछ ।

परिचयपत्र भएका १८ वर्ष भन्दा माथिका सबैले अस्ट्राजेनेकाको खोप पाउने डाक्टर अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । यी पाँच ठाउँबाट आज र भोलि खोप दिइनेछ । त्यसपछि थप निर्णय गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया