कोप–२६ मा शीर्ष नेताले सन् २०३० सम्ममा वन विनाश रोक्ने प्रतिबद्धता जनाउँदै

 कात्तिक १६, २०७८ मंगलबार ८:४०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा विश्वका शीर्ष नेताहरुले सन् २०३० सम्ममा वन विनाश रोक्ने प्रतिबद्धता जनाउँदै छन् ।

स्कट्ल्याण्डको ग्लास्गोमा चलिरहेको सम्मेलनमा सहभागी देशका प्रमुखले आज सन् २०३० सम्ममा वन विनाश नियन्त्रण सम्बन्धी सहमति गर्ने भएका हुन् । विश्वको वन क्षेत्रको ८५ प्रतिशत भन्दा बढी क्षेत्र ओगट्ने एक सय भन्दा बढी देशले वन विनाश नियन्त्रण सम्बन्धी सहमतिमा हस्ताक्षर गर्ने तयारी गरेका हुन् । वन विनाश रोक्नेबारेको सहमतिलाई कोप–२६ सम्मेलनमा हुने पहिलो प्रमुख सहमतिका रुपमा हेरिएको बीबीसीले जनाएको छ । सम्झौतामा वन संरक्षण तथा पुनस्र्थापनाका लागि थप वित्त लगानीको वाचा समेत गरिनेछ ।

यसअघि हिजो सम्मेलनमा सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिन विश्वका नेताहरुलाई आग्रह गर्नुभएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया