कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले साढे ८ बजे शपथ लिँदै

 कात्तिक १६, २०७८ मंगलबार २०:१७:२८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले आज मङ्गलवार नै शपथ लिनुहुने भएकाे छ । उहाँले शपथ लिने कार्यक्रम आज राति साढे आठ बजेका लागि तय भएको हाे । 
शपथपछि उहाँले आज नै कार्यभार सम्हाल्नुहुने बताइएकाे छ । 

आज बेलुकी प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो सोमवार राजीनामा दिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न आज बेलुका ७ बजेसम्म आह्वान गर्नुभएको थियो । त्यहीअनुसार जीवनबहादुर शाहीले आज दाबी पेस गर्नुभएको थियाे ।  

मुख्यमन्त्री दाबी पेस गर्नुभएका शाहीलाई आफ्ना दलकासहित माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी ) पार्टीको २१ जना प्रदेश सभा सदस्यको समर्थन छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया