माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलन काठमाण्डाैमा हुने

 कात्तिक २३, २०७८ मंगलबार २०:१२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आउँदाे राष्ट्रिय सम्मेलन काठमाण्डाैमा हुने भएको छ । नेकपा माओवादी केन्द्रको आज मङ्गलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाण्डाैमा गर्ने निर्णय गरेको हो । 

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आउँदाे पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरूका सम्बन्धमा भने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरेर टुङ्गो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।

बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको पनि प्रवक्ता महराले जानकारी दिनुभयो । बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमति कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडि नबढाउने कुरा भएको पनि उहाँले बताउनुभयो । 

माओवादी केन्द्र न्यायालयभित्रको विवाद न्यायालय आफैँले टुङ्ग्याउनुपर्ने पक्षमा रहेको प्रवक्ता महराको भनाइ छ ।  माओवादी केन्द्रका प्रवक्ता महराले पाँच दलीय गठबन्धन समन्वय समिति सरकारलाई सहयोग गर्न र संविधानलाई ट्र्याकमा डोर्‍याउनका निम्ति आवश्यक रहेको उल्लेख गर्नुभयो ।  

अन्तिम अपडेट: भदौ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Iman Gurung

    Nov. 9, 2021, 8:37 p.m.

    मलाई पनि जानकारी चाहियो कमरेडहरु ...मलाई काम पाउन गाह्रो छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया