वैदेशिक रोजगारीमा जान श्रम नवीकरण गर्दा यी कुरा ध्यान दिनुहोस्

 कात्तिक २४, २०७८ बुधबार १२:४७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ श्रम कार्यालय काठमाण्डौबाट पुनः श्रम स्वीकृति लिँदै हुनुहुन्छ ? यदि लिँदै हुनुहुन्छ भने टोकन लिने समयबारे थाहा पाउनुहोस् । 

अहिले श्रम कार्यालय काठमाण्डौबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृति प्रदान भइरहेको छ ।

सार्वजनिक बिदाको दिन बाहेक आउँदो हप्ताका लागि अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन हरेक शुक्रबार दिनको दुई बजे र कार्यालयमा उपस्थित हुनेतर्फ कार्यालय खुल्ने हरेक दिन बिहान ९ बजे काठमाण्डौ ब्रान्चको टोकन कम्प्युटर प्रणालीमार्फत सार्वजनिक रूपमा खुला हुने वैदेशिक रोजगार कार्यालय काठमाण्डौले जनाएको छ ।

भौतिक रूपमा उपस्थित भएर श्रम नवीकरण गर्नेले समयमा नै टोकन लिएर आफ्नो पालो सुरक्षित गर्नपर्छ ।

 यस्तै अनलाइनमार्फत श्रम नवीकरणका लागि टोकन लिएकाहरूले टोकन लिएको मितिले ३ देखि ४ दिनसम्म लाग्न सक्ने भएकाले कुर्नपर्छ । 

भौतिक रूपमा उपस्थित भएर सेवा लिने गरी टोकन लिएकाले टोकनमा तोकिएको मितिमा नै उपस्थित हुन पर्नेछ । 

कार्यालयमा उपस्थित हुन नसक्नेले जथाभाबी टोकन लिएर नओगटिदिन पनि विभागले आग्रह गरेको छ । उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनपर्छ । त्यसैले टिकट काट्नुअघि आफ्नो श्रम स्वीकृतिको म्याद निश्चित गर्नुपर्छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया