कोरोना विरुद्धको खोप लगाउन ओमानमा कार्यरत श्रमिकलाई दूतावासको अनुरोध

 कात्तिक २४, २०७८ बुधबार १५:५७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ ओमानमा कार्यरत हुनुहुन्छ र कोरोना विरुद्धको खोप लगाउनुभएको छैन ? यदि छैन भने ढिलो नगर्नुहोस् । 

ओमानले कोरोना विरुद्धको खोप अभियानमा सबै विदेशी श्रमिकलाई पनि सहभागी गराइरहेको छ । 

कोही पनि विदेशी श्रमिक नछुटुन् भन्ने अभिप्रायले ओमान सरकारले आउँदा दिनमा पनि विभिन्न प्रशासकीय क्षेत्रहरूमा तोकिएका सरकारी स्वास्थ्य केन्द्रहरूबाट खोप लगाउने तयारी गरिरहेको छ ।

 आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन ओमानमा कार्यरत सबै नेपालीलाई दूतावासले अनुरोध गरेको छ । 

खोप केन्द्र बारेमा बुझ्न वा अन्य कुनै समस्या परेका दूतावासको सम्पर्क नम्बर २४६९६१७७ २४६९६८८३ वा दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा सम्पर्क गर्न सकिन्छ ।

 

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया