अमेरिकी एक पत्रकारलाई म्यानमारमा ११ वर्षको जेल सजाय

 कात्तिक २६, २०७८ शुक्रबार ११:५६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिरासतमा रहेका एक अमेरिकी पत्रकारलाई म्यानमारको सैन्य अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ ।

अमेरिकी पत्रकार डानी फेन्स्टरमाथि आतङ्कवाद र राजद्रोहको अभियोग लगाइएको थियो ।

याङ्गुनमा रहेको एक अनलाइन पत्रिका ‘फ्रन्टिअर म्यानमार’का प्रबन्ध सम्पादक समेत रहेका ३७ वर्षका उनलाई गएको मे महिनामा याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।  

उनीमाथि सेनाविरुद्ध मानिसलाई उक्साएको, गैरकानुनी सङ्गठन बनाएको र आप्रवासन कानुन उल्लङ्घन गरेको आरोपमा मुद्दा चलाइएको थियो ।

उनीमाथि देशद्रोह र आतङ्कवाद बाहेक अन्य दुई अतिरिक्त आरोप पनि लगाइएको थियो । जसमा दोषी पाइए आजीवन कारावासको समेत सजाय हुन सक्ने भनिएको थियो ।

नयाँ आरोपमाथिको फैसला भने अहिले सुनाइएको छैन । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया