तराई, खोँच र उपत्यकामा हुस्सु : यस्तो छ तीन दिनको मौसम पूर्वा...
पुस ५, २०८१ शुक्रबार
ललितपुर – नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । महाधिवेशनकाे लाेगाेमा गैँडाले पार्टीकाे झन्डा बाेकेकाे देख्न सकिन्छ ।
आज शुक्रवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले त्याे लोगो सार्वजनिक गर्नुभएको हो ।
त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ई–सेवामार्फत् पार्टीका हरेक सदस्यलाई कम्तीमा पनि एक सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्ने प्रणालीबारे जानकारी गराउनुभएको थियो ।
एमालेको दशाैँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा एक हजार नाै सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । त्यसका लागि भोलि शनिवार देशभर प्रतिनिधि चयन हुँदैछ ।
‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने महाधिवेशनकाे नारा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।