कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ

 कात्तिक २८, २०७८ आइतबार १७:११:५९ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा ध्रुवकुमार श्रेष्ठ नियुक्त हुनु भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले श्रेष्ठलाई आज आइतवार मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नु भएको हो । 

उहाँले प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा रहेर काम गर्नुहुनेछ । झन्डै ३० दशकदेखि न्याय क्षेत्रमा काम गर्दै आउनुभएका श्रेष्ठ वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेत निवासी हुनुहुन्छ ।  

नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले आजै पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।  

अन्तिम अपडेट: चैत १६, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया