चन्द्रागिरि नगर अस्पतालमा 'भेन्टिलेटर' सेवा सञ्चालनमा आउने
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - ठूलो आँधी तुफानपछि क्यानडाको ब्रिटिस कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको छ ।
आँधीका कारण सडक तथा रेलमार्ग क्षतविक्षत छन् । इन्धन र खाद्यान्नलगायतको आपूर्ति प्रभावित बनेको छ । हजारौँ मानिसले घरबास छोडेर सुरक्षित ठाउँको खोजीमा लागेका छन् । प्रभावित क्षेत्र ब्रिटिस कोलोम्बियाबाट हजारौँ मानिसलाई अन्तै सारिएको छ ।
प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले सेना परिचालन गरी पुनर्निर्माणका लागि सहयोग गर्ने समेत बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । गएको ग्रीष्मकालमा ब्रिटिस कोलोम्बियामा ५ सय जनाको ज्यान जाने गरी तापक्रम अहिलेसम्मकै उच्च पुगेको थियो ।
यो वर्ष क्यानडाले दोस्रो पटक प्राकृतिक विपत्तिको सामना गर्नुपरेको हो । प्राकृतिक विपत्तिको अवस्था उत्पन्न हुनुमा जलवायु परिवर्तन कारक रहेको हुनसक्ने विज्ञले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।