नेपालमा भुटानी शरणार्थीको अवस्था र अधिकारमाथि केन्द्रित सम्मेल...
पुस ५, २०८१ शुक्रबार
काठमाण्डाै - मानिससँगै पशुपन्छी र बोटबिरुवामा जीवाणु हाबी हुँदै गएको छ । पछिल्लो समय जीवाणुमा औषधिविरुद्धको प्रतिरोधी क्षमता बढ्दै गएको विज्ञले बताएका छन् । जीवाणु शक्तिशाली बन्दै जानुमा जथाभाबी औषधिको प्रयोग नै मुख्य कारण भएको विज्ञको भनाइ छ ।
विज्ञकाअनुसार नेपाल जस्ता विकासोन्मुख देशमा यो समस्या अझ बढ्दो छ । तर, औषधिले काम नगर्ने अवस्था विश्वव्यापी जनस्वास्थ्यको समस्याका रुपमा देखा पर्न थालेको छ । विज्ञले मानिस तथा पशुपन्छीमा हुने सङ्क्रमण रोकथाम तथा उपचारमा प्रयोग हुने एन्टीमाइक्रोबियल औषधिको सही प्रयोग गर्न आग्रह गरेका छन् ।
जथाभाबी औषधिको प्रयोग रोक्नका लागि चेतना जगाउन आजदेखि सप्ताहव्यापी सचेतना अभियान सुरु भएको छ । आजदेखि आउँदो ८ गतेसम्म ‘सचेतना फैलाउँदै प्रतिरोध रोकौँ, एन्टीमाइक्रोबियलको प्रयोग सावधानीपूर्वक गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन् ।
विश्व स्वास्थ्य सङ्गठन र खाद्य तथा कृषि सङ्गठन, तथा विश्व पशु स्वास्थ्य सङ्गठनको संयुक्त आह्वानमा सन् २०१५ देखि हरेक वर्ष नोभेम्बर १८ तारिखदेखि २४ तारिखसम्म एन्टीमाइक्रोबियल सचेतना सप्ताह मनाउने गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वभर एन्टीमाइक्रोबियल औषधिले काम नगर्दा बर्सेनि झण्डै सात लाख मानिसको ज्यान जाने गरेको छ ।
जनचेतना नजगाउने हाे भने सन् २०५० सम्ममा यो सङ्ख्या बढेर बर्सेनि एक करोडसम्म पुग्ने देखिएको सङ्गठनले जनाएको छ । साथै एकसय खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने अनुमान समेत छ ।
मानव तथा पशु स्वास्थ्य र वातावरण लगायतमा असर पुग्ने बजारमा उपलब्ध औषधिको गुणस्तर मापन गर्न, औषधिको गलत प्रयोगबारे नागरिकलाई जनचेतना जगाउन, डाक्टरको सिफारिस विनाका औषधि प्रयोग गर्न/नगर्न विज्ञको जोड छ । साथै कोरोना भाइरसको सङ्क्रमणकाे जोखिम कायमै रहेका बेला थप सचेत हुनुपर्नेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जोड छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।