स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
चलचित्र ‘रामकहानी’ शुक्रबारबाट देशैभर प्रदर्शन हुँदैछ ।
यति बेला चलचित्र युनिट प्रचार प्रसारका निम्ति दिनरात नभनी खटिएको छ । चलचित्र युनिटले विभिन्न शैलीहरु अपनाउँदै प्रचार प्रसार गरिरहेको छ ।
निर्देशक सुदर्शन थापाले चलचित्र प्रचार प्रसारमा कुनै पनि कसर बाँकी राखेका छैनन् । केही समयअघि उनले काठमाण्डांैको व्यस्त मानिने असनचोकमा २ सय जना विद्यार्थी र चलचित्रका कलाकार र केही कलाकारले एकैसाथ ‘तिम्रो लागि म छु’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकाथिए ।
निर्देशक थापा प्रेम कथामा आधारित चलचित्र निर्माण गर्न माहिर मानिन्छन् । यसैबीच प्रचारको अन्तिम समयमा निर्माण पक्षले काठमाडांै र ललितपुरका विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडाैंको कोटेश्वरोकमा आयोजित कार्यक्रममा चलचित्रकी निर्माता एवम नायिका पूजा शर्मा, नायकआकाश श्रेष्ठ, जितु नेपाल, राजाराम पौडेललगायतको उपस्थिति रहेको थियो ।
उनीहरुले चलचित्रमा समावेश ‘तिम्रो लागि म छु’ बोलको गीतमा संयुक्त रुपमा नृत्यसमेत गरेका थिए । त्यस सगै काठमाडाको रत्नपार्क, ललितपुरको लगनखेललगायतका स्थानहरुमासमेत प्रचारात्मक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।