विदेशबाट फर्किनेले अपरिचित व्यक्तिले पठाएका सामान ल्याउने गरेको भन्दै विमानस्थलले गरायो सचेत

 मंसिर १३, २०७८ सोमबार १४:४८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – के तपाईं विदेशबाट नेपाल आउने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ र कसैको सामान पनि ल्याइदिनुपर्ने भएको छ भने सतर्क हुनुहोला ।

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले यसरी विदेशबाट आउनेहरुलाई जोकसैको सामान नल्याउन र ल्याउनै परे राम्रोसँग हेरेर मात्र ल्याउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै पछिल्लो समय विदेशबाट आउनेहरु सुन तस्करीमा पक्राउ पर्ने गरेको र बयानमा आफूलाई त्यसबारे केही थाहा नभएको जानकारी दिने गरेकाले यस्तो ठगीबाट जोगिन  आग्रह गरेको छ । त्यसैले विमानस्थलमा कसैले ललाइ फकाइ कुनै सामान लगिदिन भनेमा राम्रोसँग बुझेर मात्र ल्याउन त्रिभुवन विमानस्थलको आग्रह छ ।

त्रिभुवन विमानस्थल हुँदै स्वदेश आउने यात्रुहरुले प्रचलित कानुनले दिएको सुविधाभन्दा बढी मात्रामा सुन, ल्याप्टप, मोबाइल ल्याउने गरेका छन् । यसरी सामान ल्याउँदा यात्रुहरु कानुनी फन्दामा पर्ने गरेका छन् ।

भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा ९३० ले दिएको अधिकार प्रयोग गरी गएकाे जेठ १५ गतेदेखि लागु हुने गरी यात्रुले आफूसँगै ल्याउन र लैजान पाउने सामानको तल उल्लेखित परिमाणमा मात्र भन्सार महसुल छुटमा ल्याउन पाउने भन्सार कार्यालयले जनाएको छ ।

१. व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्रामसम्म ५० ग्राम भन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने र त्योभन्दा बढी परिमाणका सुनका गहना ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने, व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने र त्याेभन्दा बढी परिमाणको सुन ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने ।

२. व्यक्तिगत प्रयोगको ट्याबलेट वा ल्यापटप १ वटा (त्याेभन्दा बढी भएमा भन्सार महसुल लाग्ने ।)

३. व्यक्तिगत प्रयोगको मोबाइल १ वटा (त्याेभन्दा बढी भएमा भन्सार महसुल लाग्ने ।)

४. रक्सी १ लिटरसम्मको बोतल १ (त्याेभन्दा बढी परिमाणको रक्सी जफत गरिने ।)

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया