चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
चितवन - नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व छान्न अहिले मतदान भइरहेको छ । सोमवार राति केन्द्रीय निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि अहिले मतदान भइरहेको हो ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन ढिला भएपछि मतदानको समय मङ्गलवार बिहान २ बजेदेखि ८ बजेसम्म सरेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीमा एमाले अध्यक्षमा केपी शर्मा ओली र भीमबहादुर रावल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, सुवास चन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।
महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमालले उम्मेदवारी दिनुभएको छ ।
निर्वाचन समितिका अनुसार सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टले उम्मेदवारी दिनुभएको छ ।
यस्तो छ अन्तिम नामावलीको सूची -
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।