इजरायल रोजगारीका लागि छनोट भएकाहरूलाई विभागले गर्‍यो खोपको व्यवस्था

 मंसिर १४, २०७८ मंगलबार १२:११:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इजरायल रोजगारीका छनोट भएकाहरूले काठमाण्डौका विभिन्न ५ अस्पतालहरूमा कोरोना विरुद्धको खोप लगाउन सक्ने भएका छन् ।

काठमाण्डौको वीर अस्पताल, निजामती सेवा अस्पताल मिनभवन, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीरेन्द्र अस्पताल छाउनी र सशस्त्र प्रहरी वल अस्पताल बलम्बु खोप लगाउने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यी केन्द्रहरूमा खोप लगाउन जानुअघि विभागको इजरायल शाखामा अनिवार्य रूपमा सम्पर्क गर्नुपर्छ ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रयोजनका लागि पीआईबिए द्वारा छनोट  भएका र कोरोना विरुद्धको खोप लगाउन बाँकी उम्मेदवारहरूलाई खोप लगाउनका लागि विभागले अनुरोध समेत गरेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया