हङकङसँगको एकदिवसीय शृङ्खलामा नेपालको 'क्लिन स्वीप'
पुस ५, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो देश चुनावमा जानुपर्ने बताउनुभएको छ ।
आज शुक्रवार काठमाण्डौकाे थापाथलीमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ वर्तमान सरकारबाट देश चल्न नसक्ने भन्दै छिटो चुनावमा गएर नयाँ सरकार गठन गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले सत्तारुढ पाँच दलीय गठबन्धन सरकारले लोकतन्त्रको आधार भत्काएको तथा देशलाई भद्रगोल र गतिहीनताको अवस्थामा पुर्याएकाले यस्तो अवस्थाको अन्त्य गर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले सत्तारुढ केही दलको काम बिगार्ने र भत्काउनेबाहेक अरू केही नभएको दाबीसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय राजनीति अन्याेलग्रस्त, अस्थिरतायुक्त र गत्यावरोधको अवस्थामा छ । त्यस स्थितिलाई अन्त्य गरेर देशलाई सही बाटोमा अघि बढाउने काममा हामी लाग्छाैँ । वर्तमान गठबन्धनको सरकारबाट देश चलिराखेको छैन । यो सबैले अनुभूत गरेको कुरा हो । कसैले बोल्छ, कसैले बौल्दैन । कसले बोल्न मिल्छ, कसले मिल्दैन ? कसले भन्छ, कसले भन्दैन । कसलाई भन्न मिल्छ, कसलाई मिल्दैन, त्यो आफ्नो ठाउँमा होला । तर देश चलिरहेको छैन । सरकार चलिरहेको छैन । यस्तो चलेकोलाई पनि चलेको भन्ने हो भने त नचलेको कसलाई भन्ने ? र यो भद्रगोल, यो अनियमितता, यो बेथिति, यस प्रकारको गतिहनता देशले लामो समय भोगिरहन सक्दैन । त्यस कारण हामी सधैँ भनिरहेका छौँ– छिटोभन्दा छिटो ताजा जनादेशमा जाऊ । हाम्रो सधैँ जोड रहेको छ– देशको समय अर्कमण्यताकाे कारण बर्बाद गर्नु उचित हुँदैन । त्यस कारण अगाढि जाऊ । स्थिति कस्तो छ ? हरेक क्षेत्रलाई निकम्मा बनाइएको छ र लोकतन्त्रको आधारलाई भत्काउने काम गरिएको छ । प्रक्रियागत हिसाबले लोकतन्त्रलाई भत्काउने काम गरिएको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।