उज्यालोकर्मी मदन पौड्यालसहित ६ जना पत्रकार सम्मानित
पुस ५, २०८१ शुक्रबार
जुम्ला – जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलब भत्ता नपाएको विषयलाई लिएर भइरहेको आन्दोलन स्थगित भएको छ ।
उपकुलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि हिजोदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरेको आन्दोलनरत शिक्षक तथा कर्मचारीले बताएका छन् ।
प्रतिष्ठानका शिक्षक र कर्मचारीको स्तरवृद्धि र तलब भत्ताको विषयमा गएको भदौ २६ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट कर्मचारीको पक्षमा फैसला भएको थियो ।
फैसला कार्यान्वयन नभएको भन्दै कर्मचारीले गएको कात्तिक २६ गतेदेखि विभिन्न दबावमूलक कार्यक्रम गरिरहेका थिए । माग सम्बोधन गर्नेे लिखित प्रतिबद्धता प्राप्त भएपछि आन्दोलन स्थगित गरेर कर्मचारीहरू नियमित काममा फर्किएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।