विशेष कार्यक्रमसहित इप्पानले रजत महोत्सव मनाउने

 पुष ५, २०८१ शुक्रबार १२:२१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको ऊर्जा क्षेत्रको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले विशेष कार्यक्रमसहित आफ्नो स्थापनाको रजत महोत्सव मनाउने भएको छ ।

इप्पानले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव आउँदो माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको हो ।

लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र पाँच सयभन्दा धेरै ऊर्जा उत्पादक कम्पनी सदस्य रहेको ऊर्जा उद्यमीको छाता संस्था इप्पानको यो २५ वर्षे यात्रालाई विशेष स्मरण गराउँदै यस अवधिमा भएका उपलब्धि र प्रगतिलाई प्रस्तुत गर्नका लागि विशेष कार्यक्रमसहित रजत जयन्ती मनाइने इप्पानका अध्यक्ष गणेश  कार्कीले बताउनुभयो ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया