वैदेशिक रोजगारीमा हुने ठगी कम गर्न एक दिने अभिमुखीकरण तालिम सम्पन्न

 मंसिर २७, २०७८ सोमबार १७:२:३४
unn.prixa.net

खोटाङ – खोटाङमा वैदेशिक रोजगारीमा हुने ठगी न्यूनीकरण सम्बन्धी एक दिने  अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरिरहेको  सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गतको कार्यक्रम खोटाङका विभिन्न ठाँउबाट प्रतिनिधित्व गर्नुभएका २७ जना प्रहरीहरुको उपस्थितिमा सम्पन्न भएको हो । 

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, प्रमुख नायब उपरीक्षक उमेश लम्साल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपाने सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ र बालसेवा समाज नेपाल नेर्पाका अध्यक्ष चन्द्रकला भुजेलसहितको उपस्थिति रहेको थियो । 

कार्यक्रममा वैदेशिक रोजगारी सम्बन्धी विषयलाई प्रहरी टिमबीच छलफल गर्ने तथा जिल्ला प्रहरी कार्यालयले पर्चा पम्प्लेटमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी मुख्य विषयलाई समावेश गर्ने निर्णय भएको छ ।

यस्तै वैदेशिक रोजगारीका विषयलाई प्राथमिकतामा राख्न जिल्ला प्रहरी कार्यालय खोटाङले प्रहरी निरीक्षक सुरेश ठाकुरलाई सामी परियोजनाको फोकल पर्सन तोक्ने र सामीको तर्फबाट लिला निरौला रहने निर्णय गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया