एनपीएलको इलिमिनेटरमा कर्णालीले चितवनलाई दियो एक सय ७६ रनको...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - कांग्रेस सभापतिको पहिलो चरणको चुनावमा तेस्रो, चौथो र पाँचौँ भएका उम्मेदवारले सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने भएका छन् ।
सभापतिका प्रत्याशी शेखर कोइरालाबाहेकका उम्मेदवारले देउवालाई सहयोग गर्ने भएका हुन् । नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने बताएका छन् । संस्थापन इतर समूह तितरबितर भएसँगै शेरबहादुर देउवाको दाबेदारी बलियो बनेको छ ।
पहिलो चरणको चुनावमा ८२ मत नपुग्दा देउवाले बहुमत ल्याउनु भएको थिएन। संस्थापन इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोस्रो चरणको चुनावमा खुलेर नबोल्दा कोइराला अप्ठ्याराेमा पर्नु भएको छ । पौडेललाई कोइरालाको पक्षमा खुल्न उहाँ पक्षका कार्यकर्ताले दबाब दिएका छन् ।
तर, पहिलो चरणको चुनावमा कोइरालालाई सहयोग गरेका उहाँले अहिले विवेक प्रयोग गरेर मत हाल्न आफ्ना पक्षका प्रतिनिधिलाई सुझाव दिनु भएको छ । पहिलो चरणको चुनावमा ४ हजार ६ सय ७९ मत खसेकोमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गर्नुभएको थियो भने कोइरालाले १ हजार ७ सय २९ मत पाउनु भएको थियो । यस्तै, नेता प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २ सय ४९ र कल्याण गुरुङले २० मत प्राप्त गर्नु भएको थियो । अब दोस्रो चरणमा देउवा र कोइरालाकाबीच प्रतिस्पर्धा हुनेछ ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।