ओमानमा राहदानीको म्याद सकिन लागेका नेपाली श्रमिकलाई घुम्ती सेवा दिँदै दूतावास

 पुष १, २०७८ बिहीबार १२:१३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ राहदानी (पासपाेर्ट)को म्याद सकिन लागेका नेपाली श्रमिकलाई नयाँ राहदानीको लागि आवेदन दिन आग्रह गरेको छ ।

भोलि अर्थात् डिसेम्बर १७ तारिखमा दोफार प्रशासनिक क्षेत्रमा घुम्ती सेवा सञ्चालन हुने भएकाले राहदानी बनाउने वा अन्य कन्सुलर सेवा लिन चाहनेहरुलाई सम्पर्क गर्न दूतावासले आग्रह गरेको हो । माडर्न होम्स बिल्डिङमा बिहान ८ बजेदेखि अपरान्ह ३ बजेसम्म सेवा दिइने दूतावासको सूचनामा उल्लेख छ ।

राहदानी आवेदनका लागि सक्कल राहदानी, राहदानीमा आफ्नो फोटो भएको पृष्ठ र पृष्ठ ३१ को फोटोकपी एक एक प्रति पेस गर्नुपर्छ । यस्तै नागरिकताको फोटोकपी र सेतो पृष्ठभूमि भएको पासपोर्ट साइजको बोर्डरलेस रंगीन फोटो दुई प्रति बुझाउनुपर्छ । 

अहिले एमआरपी पासपोर्ट नै बन्ने पनि दूतावासले जनाएको छ । नेपाल सरकारले गएकाे मंसिर एक गतेदेखि विद्युतीय राहदानी वितरण गर्न थालेकाे छ । तर विदेशमा रहेका नेपाली नियोग तथा दूतावासबाट ई पासपोर्ट बन्न अझै केही समय लाग्ने राहदानी विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया