भारतको जीटीए दार्जिलिङलाई हराउँदै इटहरीको राष्ट्रिय जागृति क्...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई काेराेना विरुद्धकाे खोप उपलब्ध गराउन अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)सँग आग्रह गर्नुभएकाे छ । आईओएमका मिसन प्रमुख लोरेना ल्यान्डोसँग मन्त्रालयमा हिजाे भएको भेटमा उहाँले खाेपकाे लागि आग्रह गर्नुभएकाे हाे ।
यस्तै उहाँहरुबीच आप्रवासी नेपाली श्रमिकको क्षेत्रमा आईओएमले नेपाल सरकारसँग गरिरहेको सहकार्यबारे समीक्षा पनि भयो । मन्त्री श्रेष्ठले कोराेना महामारीका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकले भोगेका बहुआयामिक समस्याको सम्बोधनका लागि आईओएम नेपालले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्नुभयो ।
वैदेशिक रोजगारीमा गई नेपाल फर्केका श्रमिकहरुले आर्जन गरेका सीप र पुँजीको परिचालनका लागि मन्त्रालयले गरेका प्रयासमा आईओएमले सहयोग गरेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले पाँच वर्षे रणनीतिमा उल्लेख गरिएका विषय कार्यन्वयन गर्न मन्त्रालय र आईओएम नेपालबीच छुट्टै समझदारी हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री श्रेष्ठले मन्त्रालय र आईओएम नेपालबीच आगामी पाँच वर्षे संयुक्त रणनीतिपत्रको मस्यौदा गर्न विज्ञ समिति गठनको प्रस्ताव समेत गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।