विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न सरकारले पहल गर्छ : गृहमन्त्री खाँण

 पुष २, २०७८ शुक्रबार १२:५:६ | रासस
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिनुभएको छ । 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैह्रआवासीय नेपाली सङ्घका पदाधिकारीसँग हिजाे गृहमन्त्रालयमा भएको छलफलमा मन्त्री खाँणले त्यसतर्फ सरकार गम्भीर रहेको बताउनुभयो । 

उहाँले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, विदेशी लगानी गैह्र आवासीय नेपालीमार्फत नेपाल भित्र्याउने, अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेडिकेटेड डेस्क’ स्थापना, श्रम सम्झौता नभएका देशमा श्रम सम्झौता गर्नेलगायतका विषयका समस्या समाधान गर्न विषयमा सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभयो ।

छलफलमा सहभागी गृहसचिव टेकनारायण पाण्डेलाई गृहमन्त्री खाँणले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको समस्या अविलम्ब समाधान गर्न निर्देशन दिनुभयो । विमानस्थलमा रहने अध्यागमन, सुरक्षा, भन्सार र वातावरण सम्बन्धी मन्त्रीको बैठक राख्न पनि सचिव पाण्डेलाई गृहमन्त्री खाँणले निर्देशन दिनुभयो ।

त्यस्तै गृहमन्त्री खाँणले गैरआवासीय नागरिकका लागि अस्पताल निर्माण गर्ने जग्गा खोज्न काठमाण्डौ, भक्तपुर, ललितपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गर्न पनि सचिव पाण्डेलाई निर्देशन दिनुभयो । गृहसचिव पाण्डेले अरेबिया, साइप्रसलगायतका देशमा देखिएको समस्याबारे सरकार सचेत रहेको बताउनुभयो । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया